नेपाल र आयरल्यान्ड ‘ए’ टोलीबीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भस) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ ।
खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।
आजको खेल जितेमा नेपालले यो श्रृङ्खला जित्नेछ । नेपाल पराजित भएमा श्रृङ्खला एक/एकको बराबरी हुनेछ । गएराति परेको पानीले आज मैदान केही ओसिलो छ ।
यो श्रृङ्खलापछि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछ ।
यता नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन टी–२० र एकदिवसीय खेल खेल्नेछ ।