गर्ल्स इम्पावरर्ड बाइ ट्राभल नेपालले मनायो ‘ट्राभ–एल्लर’ को ७ औँ संस्करण
काठमाण्डौ । अन्तराष्ट्रिय महिला दिवस २०२४ को अवसरमा गर्ल्स इम्पावरर्ड बाइ ट्राभल नेपाल (गेट नेपाल) ले सेन्ट जेभियर्स कलेज, माइतिघरमा ‘ट्राभ–येल्लर’ को ७ औँ संस्करण मनाएकोे छ । “महिला माथि लगानीको बृद्धि : प्रगति र समृद्धि” भन्ने मूल नाराकासाथ साहसीक एवम् सहनशील महिलाहरुको कथामार्फत लैङ्गिक यथास्थितिलाई चुनौति दिन कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
सजना भडेल र दिव्या श्रेष्ठले अतिथिहरुको स्वागत गरेसँगै ‘ट्राभ–येल्लर’ कार्यक्रमको सुरुवात भएको थियो । त्यस्तै ,सेन्ट जेभियर्स कलेजमा अभ्ययनरत विद्यार्थीहरुले उक्त कार्यक्रममा विभिन्न कलात्मक नाटक र नृत्यहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा महिला सशक्तिकरणलाई जोड दिदैँ उषा खनाल, सुमित्रा आचार्य र सीता सुवेदी जस्ता प्रसिद्ध वक्ताहरुले विभिन्न गन्तव्यमा यात्रा गर्दाका आफ्ना भोगाइ र अनुभवहरु सुनाउनु भएको थियो ।
त्यसैगरी, कार्यक्रमका मूख्य आकर्षणमा स्व–उद्यमलाई बढावा दिने दशजना महिला उद्यमीहरुको स्टल पनि राखिएको थियो । जसमार्फत उनीहरुले ग्राहकहरुसंग सम्बन्ध विस्तार र सहकार्य गर्ने अवसर प्राप्त गरे ।
कार्यक्रममा सहभागी भएकाहरुले वृत्तचित्र, कलात्मक प्रस्तुति र विख्यात वक्ता जुलियट ह्यामनको अनुभवहरु सुन्ने र जान्ने मौका पाएका थिए । ‘ट्राभ–येल्लर- ७’ ले पर्यटनमा महिला नेतृत्वको महत्वलाई जोड दिदैँ सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण पनि गरेको थियो ।
महिला सशक्तिकरण गर्ने ‘गेट नेपाल’ को प्रतिवद्धता अनुरुप महिलाहरुको अनुभवलाई कार्यक्रममा प्रसतुत समेत गरिएको थियो ।
“ट्राभ–येल्लर जस्ता कार्यक्रमहरूको आयोजना गर्दा, गेट नेपालले लैङ्गिक समानता र समावेशीताको वकालत जारी राखेको छ जसले विश्वव्यापी रूपमै यात्रामार्फत महिलाहरूको जीवनमा परिवर्तन आउन सक्छ भन्ने देखाएको छ ।” कार्यक्रमका सहभागीहरूले आफ्ना अनुभव सुनाए ।
कार्यक्रमका वक्ताहरुले आफ्ना सङ्घर्ष र अनुभवको कथा सुनाउँदा कार्यक्रम निकै नै प्रेरणादायी बन्न पुगेको थियो । डाउनहिल इन्डिभिड्यूल र क्रस कन्ट्रि बाइकिङ २०२३/२०२४ कि न्याश्नल च्याम्पियन उषा खनाल, इन्टरपिड डिएमसी नेपालकी सोमिता धमला, शास्त्रीय नर्तक सीता सुवेदी, मिस ग्राण्ड नेपाल २०२२ कि विजेता एैश्वर्य श्रेष्ठ, फिल्म निर्माता रजिला श्रेष्ठ, ट्रेक गाइड सुमित्रा आचार्य तथा महिला ट्राभलरहरुमा दिव्या ढकाल, श्रद्धा केसी र ल्हाक्पा भुटी लामाले पनि आ-आफ्ना यात्राका अनुभवहरु सुनाउनुभएको थियो ।
त्यसैगरी, ट्राभ–येल्लरको यो संस्करणमा डिएमसी नेपाल, नेबिको प्राइभेट लिमिटेड, सामुदायिक संस्था मनका कुरा, टुरिजम फर रेजिलियन्ट सोसाइटी एण्ड इन्भाइरोमेन्टल सस्टेनेबिलिटि (ट्रेस), वुमेन साइक्लिङ नेपाल (डब्ल्यूसिएन), काठमाण्डौ भ्याली हाइकर्स (केभिएच), इभेन्टर, एक्सप्लोर हब नेपाल, दीगो नेपाल, कम्यूनीटि होमस्टे नेटवर्क (सिएचएन) र गिफ्ट पार्टनरको रुपमा नौलो कोसेलीजस्ता सहयोगी संस्थाहरुको कार्यक्रममा सहयोग र सहकार्य गरेका थिए ।