सीआईबीले ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको सीआईबी प्रवक्ता दिनेश आचार्यले जानकारी दिनु भएको छ ।
यस प्रकरणमा सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको छ । त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय भएको बताईएको छ ।