सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि प्रश्न उठ्दा निष्पक्ष अनुसन्धान गर्नुपर्छ: सांसद महत

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद महतले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले कानुनी शासनको पालना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्दा गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।