सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाण्डौ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ। उनी सुन तस्करी काण्डमा संलग्न रहेको तथ्य पटक पटक सार्वजनिक हुँदै आएको विभिन्न सञ्चारमाध्यमा आएको थियो ।

चिनियाँ नागरिकसँग सुन तस्करीबारे डिल गरेको भिडियो हालसालै सार्वजनिक भएको थियो। आज प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पुनलाई टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।

गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता रहे पनि सिआइवीले छानबिनको दायरामा नल्याएको ठहर पूर्व न्यायाधीश डिल्ली आचार्य संयोजकत्वको छानबिन समिति गरेको छ।

समितिले बिहीबार बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय केहीबेर अघि बसेको मन्त्रिपरिषदले गरेसँगै उनलाई पक्राउ गरिएको हो।