
सुन तस्करीमा संलग्न आरोपमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
आयोगले हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।