मदन भण्डारी मेमोरियल कलेजमा ‘खेलकुद सप्ताह २०८०’ सफलतापूर्वक सम्पन्न

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले कलेजको वार्षिक कार्यक्रम अन्तर्गत ५ दिने ‘खेलकुद सप्ताह २०८०’ सफलतापूर्वक सम्पन्न गरेको छ । फागुन २७ गतेदेखि चैत १ गतेसम्म सञ्चालित उक्त सप्ताहका विभिन्न विधामा साइन्स, म्यानेजमेन्ट, बिए, बिबिएस्, बिबिएम्, बिसिए र बिएस्सी सीएस् आइटीमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

पठनपाठनबाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख डाक्टर बाबुराम अधिकारीले बताउनुभयो । वार्षिक क्यालेन्डरअनुसार खेलकुद सप्ताह समयमै आयोजना गरिएको उहाँको भनाइ छ ।

त्यसैगरी, विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै कलेजले फुटबल र क्रिकेटका खेलहरु आउँदै गरेको नयाँ वर्ष २०८१ मा भव्यरुपमा आयोजना गर्ने निर्णय गरिएको अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाईले बताउनुभयो । खेलकूद सप्ताहका सबै प्रतिस्पर्धी विद्यार्थीले उत्कृष्ट प्रर्दशन गरेको उहाँले बताउनुभयो ।

खेलकुद सप्ताह २०८०मा विभिन्न विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः

May be an image of blueprint and text

May be an image of text

 

May be an image of text

May be an image of flute, oboe, blueprint, clarinet and text