
प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त, पक्षमा १५७ मत
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाउनु भएको हो ।
जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उहाँलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।
योसहित प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत लिनु भएको छ ।