१७ वटा वाणिज्य बैंकले ब्याजदर घटाए, ग्लोबल आइएमई र प्रभु बैंकको ब्याजदर यथावत्

काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।

यता ग्लोबल आइएमई र प्रभु बैंकले ब्याजदर यथावत् छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ ।

१७ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआइसी एसिया बैंकले भने ब्याजदर बढाएको छ । एनआइसीले मुद्दती निक्षेपको ब्याजदर चैतमा ८.५४ प्रतिशत दिने जनाएको छ । यसले फागुनमा अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।

पछिल्ला महिनाहरूमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् ।

कुन बैंकको कति  ब्याजदर (सूचीसहित) ?