
रुसमा कार्गो विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १५ जनाको ज्यान गयो
एजेन्सी । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ ।
विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विमानमा आठ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा हिजो भएको बीबीसीले जनाएको छ ।