लगातार दोस्रो दिन आज पनि शेयर बजार दोहोरो अंकले घट्यो
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि घटेको छ ।
हिजो आइतबार २१ दशमलव ९९ अङ्कले घटेको बजार आज १२ दशमलव ९३ अंकले घटेर १ हजार ९ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।
बजार राताम्मे भएको दिन आज सबै समुहको शेयर घट्दा सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै ६ प्रतिशतले घटेको हो ।
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार हुदा शिवम् सिमेन्टको ८ करोड दुई लाख रुपैयाँको शेयर कारोबार भएको छ ।