राष्ट्रियसभाको अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले गराए उम्मेदवारी दर्ता

काठमाण्डौ । राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ।

मङ्गलवार हुने निर्वाचनको कार्य तालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ ।

नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको शर्माको पक्षमा विपक्ष गठबन्धन बनाउने प्रयास जारी छ ।