मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता हुँदै

काठमाण्डौ ।  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता हुँदै छ ।

आज बिहान ११ बजे  फेरि वार्ता हुने भएको हो । हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता  विनानिष्कर्ष टुङ्गिएको थियो ।

हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताउनु भयो ।

त्यस्तै सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले सरकार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुरहरुको समस्या समाधान गर्न आयोग गठन गर्न सहमत भएको जानकारी दिनु भयो ।

आजको वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने उहाँले बताउनु भयो ।

मिटरब्याजपीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका हुन् ।

उनीहरु ४२ दिनदेखि निरन्तर सडक आन्दोलनमा रहेका छन।