
उपप्रधानमन्त्री यादव र मन्त्री सुडीले लिनुभयो शपथ
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशोर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज (आइतबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरूलाई उपप्रधान तथा मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।