सरकारमा आउन अरू दललाई पनि एमालेको आग्रह
काठमाण्डौ । सत्तारूढ दल नेकपा ९एमाले० ले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ।
आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गर्नु भएको हो ।
मुलुकमा विद्यमान संकट चिर्न सरकार सफल हुने पनि महासचिव पोखरेलले विश्वास छ ।यस्तै आज बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको छ। बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको हो।
एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्। एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय सातौं केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।
भव्य समारोह आयोजना गरेर पार्टी स्थापना दिवस मनाउने निर्णय भएको पनि पोखरेलले बताए।