
अनेमसंघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित
काठमाडौं । अनेमसंघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित हुनुभएको छ ।
अखिल नेपाल महिला संघ भोजपुरको दोस्रो जिल्ला सम्मेलनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ ।
उक्त सम्मेलनले जोत्सना राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित नेतृत्वको उपाध्यक्षमा निर्मला राई र मेरिका राई चुनिनु भएको छ । त्यस्तै सचिवमा अनिता राई तथा उपसचिव विनीता राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा संगीता चौहान चुनिनु भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।