
नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न
काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ।
नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
बैठकले ठोस निर्णय नगरे पनि समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।