
एमाले केन्द्रीय सचिवालय बैठक सकियो, नयाँ सत्ता समीकरणमा जान सक्ने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष ओलीले हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे जानकारी दिनु भएको थियो ।
उहाँले सत्ता गठबन्धन संकटमा परेको उल्लेख गर्दै आफूहरू नयाँ ढंगले सोचेर तयारी गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको छलफलपछि फेरि माओवादीसँग छलफल गरेर अघि बढ्ने एक नेताले बताउनु भएको छ ।