प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.व. २०७९/८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।