भरतपुर महानगरपालिकाले बोलेर नभइ काम गरेर देखाएको छ : रेनु दाहाल
भरतपुर महानगरपालिकाको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने मेयर रेनु दाहालले बताएउनुभएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै मेयर दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् र दुई पटक नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको जिकिर गर्नुभयो ।
मेयर दाहालले बोलेर नभइ काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुरले प्रमाणित गरेको दाबी समेत गर्नुभयो । आर्थिक, पर्यटकीय, सामाजिक, धार्मिक एवम् सांस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।