
संसद भवन परिसर छिरेका लघुवित्त पीडितहरूलाई हाजिरी जमानीमा छाडियो
काठमाण्डौ । संसद भवन परिसर छिरेका लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ ।
काठमाण्डौ प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई आज (बिहीबार) हाजिरी जमानीमा छाडेको हो । तीन दिनअघि संसद बैठक चलिरहेका बेला उनीहरुले प्रहरीको समूहलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।
काठमाण्डौ प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताउनुभयो । सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।