मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय?
काठमाडौँ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
उहाँले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको बताउनु भयो ।
यस्तै, उहाँका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जयशंकर साहको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यस्तै, सुनको अवैध पैठारी, तस्करी नियन्त्रणसम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ।