गायक भक्तराज आचार्यको निधन

काठमाण्डौ । गायक भक्तराज आचार्यको निधन भएको छ।

उहाँको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताउनु भयो। उहाँका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।

आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

धनकुटामा जन्मिका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछु लगायत गीत चर्चित छन्।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।