अर्को बैठकमा प्रधानन्त्रीले जवाफ दिने रुलिङपछि सदन सुचारु

काठमाण्डौ । विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिने रुलिङपछि सदन सुचारु भएको छ ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।

सभामुख देवराज घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेसँगै बैठक पुनः सुरू भएको हो । प्रतिनिधिसभाको अर्को बैठक १८ गते बस्दैछ ।