थापाथली अस्पताल परिसरबाट बच्चा चोरी
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ ।
आज (शुक्रबार) एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् ।
ती अपरिचित महिलाले बच्चा समातिदिने बहानामा बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ ।