लघुवित्त पीडित र प्रहरीबीच झडप, दर्जनौँ घाइते ५ जना नियन्त्रणमा
काठमाण्डौ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका लघुवित्त पीडितहरु र प्रहरीबीच आज (शुक्रबार) झडप भएको छ । पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।
सिफल चौरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनौँ प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले निशेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरु मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए । सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरुले दैनिक प्रदर्शन र धर्ना दिंदै आएका छन् ।
शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।