किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानकोे चेतावनी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशभरका दुग्ध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताउनुभयो । उहाँले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिनुभयो ।

सांसद लामिछानेले भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताउनुभयो । चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

लामिछानेले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको जानकारी दिनुहुँदै भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोज्नुपर्ने बताउनुभयो ।