प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नूभएको हो ।
त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती पनि पदमा बस्न नमिल्ने उहाँले बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानुनविपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने पन्तले बताए । तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।