
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन् । उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाण्डौ ओर्लिएका थिए । आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो । प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ ।