संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने गठबन्धनको निर्णय
काठमाण्डौ । सत्ता गठबन्धनले नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको जारी अवरोध हटाउन एमालेसँग छलफल गर्ने भएको हो ।
बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए ।