ग्लोबल आईएमई बैंकको विशेष आवास योजना सार्वजनिक, अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने

काठमाण्डौ ।  ग्लोबल आईएमई बैंकले विशेष आवास योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जा योजना अन्तर्गत १० वर्षका लागि ९ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

त्यस्तै योजना अन्तर्गत १० देखि १५ वर्षसम्मको लागि १० दशमलव ४९ प्रतिशत र १५ वर्षभन्दा बढी समयका लागि १० दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन सकिनेछ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिएकाहरुले सहजै कर्जा सार्नसमेत सक्नेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको  कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ ।