स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा

काठमाण्डौ ।  जारी फिफा महिला विश्वकप फुटबलमा स्पेन फाइनलमा पुगेको छ ।

स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन फाइनलमा पुग्न सफल भएको हो । आज (मङ्गलवार) न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा भएको खेलमा खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पु¥याएकी हुन् ।

स्विडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो ।  स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।