मैत्रीपूर्ण फुटबलमा नेपालको चीनमाथि ५–१ को जित
काठमाण्डौ । नेपालले चीनसंगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकालेको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा आज (शनिबार) नेपाली टोलीले चीनको युवा टोलीमाथि जित निकालेको हो । चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो ।
विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो ।