नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने

काठमाण्डौ ।   नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ ।

खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आउँदो फागुन १५ गते हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको हो ।

डबल राउण्ड रोबिनका आधारमा हुने शृङ्खलामा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने क्यानले जनाएको छ ।

फागुन २२ गते शृङ्खलाको फाइनल खेल हुनेछ ।