एनसेल शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषदमा

काठमाण्डाै ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले त्यसकाे अध्ययन भइरहेको जानकारी गराउनुभएको हो ।

उहाँले निर्णय नभएकाले अहिले प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो ।