’टेरामक्स खरिदमा अख्तियारले मन्त्री र सांसद बोलाउँदा नजाने अनि सुशासन कायम हुन्छ ?’ : सचेतक गिरी

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले टेरामक्सको सामग्री खरिदमा अनियमितताको आशंका गरिएका मन्त्री र सांसदलाई बयानका लागि बोलाउँदा नजाने अनि सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न गर्नुभएको छ ।

’टेरामक्स खरिदमा अख्तियारले मन्त्री र सांसद बोलाउँदा नजाने अनि सुशासन कायम हुन्छ ?’ प्रतिनिधिसभाको बुधबारको बैठकमा गिरीले एउटा ल्यापटपकै ५० हजार अमेरिकी डलर खर्च गर्ने अनि अनियमितता भयो भनेर प्रश्न उठाउँदा जवाफ दिन नपर्ने ? भनेर प्रश्न गर्नु भएको हो । सरकारले कमजोर मान्छेलाई मात्रै थुनिरहेको तर शक्तिशालीहरूसँग भने परबाटै भाग्ने गरेको उहाँकने भनाई थियो ।

’यति कमजोर सरकार, सुशासनको कुरा त कहाँबाट गर्नुहुन्छ । टेरामक्सको कुरा उठिराख्या छ । एउटा ल्यापटपलाई ५० हजार डलरमा ल्याउने ? खाने कत्रो मुख हो ? तिनै मान्छे मन्त्री छन्, माननीय छन् । अख्तियारले बयानमा बोलाउँदा बयान दिन जान्न भन्छन् अनि सुशासन कायम हुन्छ ?,’ उहाँले भन्नु भयो ।

सरकारको मन्त्री र गठबन्धनको सांसद बयानका लागि जाने भन्ने दम्भ ती व्यक्तिहरूमा रहेको गिरीको भनाइ थियो ।