गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती सरकारले बेहोर्ने

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको  रङ्गशाला निर्माणको ७० प्रतिशत बजेट प्रदेश सरकारले  विनियोजन गर्ने बाग्मती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बताउनुभएको हो ।

यस्तै उहाँले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रङ्गशालामा बजेट पार्ने विश्वास दिलाउनुभयो ।

देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भन्नुभयो, ‘रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।’