राष्ट्रिय सभा अध्यक्षमा माओवादीकाे दाबी रहन्छ : प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका माओवादी सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा आज प्रचण्डले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताउनुभएको हो ।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क सांसदहरूले राखेका छन् । सांसदहरूले माओवादी केन्द्रलाई कांग्रेसले पटक–पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।

राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसको पनि दाबी रहेको छ । राष्ट्रिय सभा अध्यक्षका लागि आउँदाे फागुन २९ गते चुनाव हुँदैछ ।