’ब्रेक शु’ मा लुकाएर ल्याएको सुन घट्यो : ६१ किलोमात्रै
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण घटेको छ । आज (सोमवार) ’ब्रेक शु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसा आज (सोमवार) बरामद भएको ’ब्रेक शु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको हो ।
तर यसमा अझै केही कालो पदार्थ मिसिएको रहेकाले पगालेपछि तौल केही घट्न सक्नेछ । भोलि बिहान सुन पगाल्ने महाशाखाले जनाएको छ ।
हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।