युरोपेली देशमा भइरहेकाे किसान आन्दाेलनलाई समर्थन गर्दै माल्टामा प्रदर्शन

एजेन्सी । युरोपियन देशमा भइरहेकाे किसानको आन्दोलनलाई समर्थन गर्दै माल्टाका किसानले  प्रदर्शन गरेका छन् ।

युरोपका किसानले एक हप्तादेखि उत्पादनले उचित बजार भाउ नपाएको, लागत धेरै भएको र युरोपियन युनियन ईयूले किसान र कृषि क्षेत्रमा लगाएका नियमहरु किसानमैत्री नभएको भन्दै किसानहरुले प्रदर्शन गर्दै आएका छन् । यही आन्दोलनमा ऐक्यबद्धता जनाएर माल्टाले समेत विरोध प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

यो प्रदर्शन १९८२ मा सक्रिय किसान संघ र खाद्य क्षेत्रसँग सम्बन्धित अरु निकायले गरेको आन्दोलनपछि माल्टाको कृषि क्षेत्रमा पहिलो पल्ट विरोध भएको बीबीसीले जनाएको छ ।

बेल्जियमलगायत अन्य युरोपेली देशहरूमा किसानले आफ्ना ट्र्याक्टरहरूमा विरोध कार्यक्रमका ब्यानरहरू टाँसेका खबरमा उल्लेख छ ।