व्यवसायी अरुण चौधरी सरकारी जग्गा प्रकरणमा पक्राउ

काठमाण्डौ । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारीस्थित ‘बाँसबारी छाला जुत्ता’ उद्योगको १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले काठमाण्डौको लैनचौरबाट पक्राउ गरेको हो ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।