एमालेद्वारा राष्ट्रिय सभा बैठकमा अवरोधपछि स्थगित
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि आज बसेको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सुन प्रकरणमा छानविनको माग गर्दै एमालले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । एमालेले छानविनका लागि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै बैठक अवरोध गर्दै आइरहेको छ । तर सरकारले छानविन समिति बनाउन अस्वीकार गर्दै आइरहेको छ ।
एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । आजको बैठकमा एमाले सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे बैठक साउन २६ गते शुक्रबार ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो ।