भाेलिदेखि धरहरासँगैकाे भवनमा नि:शुल्क पार्किङ गर्न पाइने

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले धरहरा पार्किङ भवनको पहिलो तलामा भोलि आइतवारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने काठमाण्डौ महानगरले जनाएको छ ।

महानगरले न्युरोड क्षेत्रको कालोपत्रे सडकमाथि गाडी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीहरुले विरोध जनाइरहेका छन् ।

महानगरले न्युरोड क्षेत्रको सडकमा हुने पार्किङको विकल्पमा पुरानो बसपार्क क्षेत्रसँगै धरहराको पार्किङ भवनलाई विकल्प दिएको हो ।