संसद अवरोध खोल्न एमाले सहमत : सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने
काठमाण्डौ । नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ ।
आज (मंगलबार) सभामुखसहितको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा एमालेले आजको संसद चल्न दिने सहमत भएको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताउनुभयो । गृहमन्त्रीले जवाफ दिँदा एमालेको माग सम्बोधन नगरे पुन संसद अवरोध हुने उहाँले बताउनुभयो ।