मदन भण्डारी मेमोरीयल कलेजका विद्यार्थीहरु स्थलगत भ्रमणमा
काठमाण्डौ । मदन भण्डारी मेमोरीयल कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई स्थलगत भ्रमणमा लगेको छ । कलेजले आज (शुक्रबार) दक्षिणकाली न.पा.५ फर्पिङमा अवस्थित शिखरापुर सामूदायिक केन्द्र र कीर्तिपुर नगरपालिकाको स्थलगत भ्रमण गराएको हो ।
‘फिल्ड भिजिट अन एक्सटेन्सन एण्ड आउटरिच सर्भिस प्रोग्राम’ शीर्षकमा सञ्चालन गरिएको सो भ्रमण सामूदायिकस्तरमा भए/गरिएका सकारात्मक गतिविधिमा केन्द्रित थियो । शिखरापुर सामूदायिक केन्दको भ्रमणका दौरान यस्तो भ्रमणले विद्यार्थीहरुमा सामूहिक उत्प्रेरणा, शिक्षण सिकाइ र क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने कार्यक्रम सयोजक एवम् अंग्रेजी विभाग प्रमुख गंगा महर्जनले बताउनुभयो ।
भ्रमणकादौरान विधार्थीहरुले शिखरापुर सामूदायिक सिकाइ केन्द्र, बोत्तल हाउस र कीर्तिपुरको दरबार परिसारको अवलोकन गरेका थिए ।
सो भ्रमण अन्तःविषयक कार्यक्रम भएकाले बिए, बिबिएस्, बिबिएम्, बिसिए र बिएस्सि सिएस् आइटि संकायमा अध्ययनरत विद्यार्थीहरु एवम् ३ विभागीय शिक्षकसहित ३९ जनाको सहभागीता रहेको उहाँले बताउनुभयोे ।
त्यस्तै, विद्यार्थीहरुले भोलि (शनिबार) हितिगा भवन, कीर्तिपुरमा मदन भण्डारी मेमोरीयल कलेज र कीर्तिपुर नगरपालिका वडा नं ३को संयुक्त आयोजनामा हुने ‘महिला प्रजनन तथा पाठेघर र दन्तरोग’ सम्बन्धी निशुल्क स्वास्थय शिविरमासमेत सहभागीता जनाउनेछन् ।
यस्ता स्थलगत भ्रमण आयोजना गर्दा विद्यार्थीहरुलाई जनसमुदायप्रति चासो बढाउन र अतिरिक्त ज्ञान आर्जन गर्न महत्वपूर्ण साबित हुने कार्यक्रम सयोजक गंगा महर्जनले दाबी गर्नुभयो ।