नारायणहिटीको पर्खाल भत्काउन महानगरले फेरि पठायो पत्र

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

महानगरको मापदण्ड अनुसार १।२ मिटर अग्लो पर्खाल र ०।६ मिटर जाली लगाउन पाइन्छ ।