हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ । आजदेखि हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी र बागमतीका हिमाली तथा देशका अरु पहाडी भेगमा सामान्य बादल लाग्नेछ र बाँकी ठाउँको मौसम सफा रहने अनुमान छ ।
बिहानपख तराई, उपत्यका तथा खोँचहरुमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै पर्सि आइतवार र सोमवार पनि हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

