एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिनु भएको हो ।
सुन प्रकरणमा सत्तासिन दलकै नेताहरु जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्तरीय छानबिन समितिको माग गर्दै राष्ट्रियसभाको बैठकमा अवरोध गर्दै आएको छ ।
यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने सांसद दिलकुमारी रावलले बताउनुभयो ।
एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि नहटेपछि बैठक स्थिगित गरिएको हो ।
यस्तै प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गर्दै आइरहेको छ ।