जारी प्रधानमन्त्री कपमा एपीएफमाथि मधेस प्रदेशको शानदार जित

काठमाण्डौ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ५ विकेटको शानदार जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा आज (बिहीबार) एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । मधेशका लागि रुपेश सिंहले अविजित ७२ इनिङ खेले । पवन सराफले ६४, निरोज यादवले ५२, अनिल शाहले २९ र अभिषेक तिवारीले १३ रन जोडे । बलिङमा एपीएफका कप्तान रोहित पौडेल र रमेश कुर्मीले २–२ र मौसम ढकालले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाएको थियो । रोहित पौडेलले ५८, असिफ शेखले ५९, अमरसिंह रौटेलाले अविजित ४९ रन बनाए । बलिङमा मधेशका प्रदीप पासवान र रुपेश सिंहले ३–३, रन्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।

यससँगै एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको छ । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रन र कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । मधेशको भने पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । आर्मीसँग १२६ र बागमती प्रदेशसंग ८६ रनले पराजित भएको थियो ।