आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ  ।

पछिल्लो १२  घण्टामा म्याग्दीको धवलागिरी मुना स्टेशनमा ४८ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी सिन्धुपाल्चोक ढुंगेमा ४१ मिलिमिटर, दाङको कोइलावासमा ३६ मिलिमिटर, पर्वतको पञ्चासेमा ३१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।